• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा

एजेन्सी । अमेरिकामा आउँदो मंगलबार हुने राष्ट्रपति निर्वाचनको तयारी र प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ ।

प्रचार प्रसारको समय ढल्किंदै जाँदा दुवै उम्मेदवारहरु रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका मध्य पश्चिमी राज्यहरुमा केन्द्रित भएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले गएराति मिनिसोटा राज्यमा चुनावी कार्यक्रममा सहभागि भए ।  हिजो नै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन भने आयोवा राज्य पुगे । 

यो राज्यले चार वर्ष अघि ट्रम्पलाई भोट दिएको थियो । यसपटक भने सो राज्यका जनताले के गर्छन् भनेर आँकलन गर्न सकिएको छैन । यस पटकको राष्ट्रपति निर्वाचनमा पनि यीनै ‘मिड–वेस्टर्न’ राज्यहरुलाई निर्णायक मानिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर