• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पूर्वखोला गाउँपालिका प्रवेश गर्दा पिसिआर रिपोर्ट अथावा क्वारेन्टिन अनिवार्य

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले पालिका प्रवेश गर्ने हरेक नागरिकमा अनिवार्य पिसिआर रिपोर्ट देखाउनु पर्ने निर्णय गरेको छ । 

चार्डपर्वका समयमा गाउँमा भित्रिने मानिसको संख्यामा वृद्धि भएपछि समुदायमा संक्रमण फैलिनसक्ने जोखिम न्यूनिकरणका लागि हरेक नागरिकले पछिल्ले ७२ घण्टाभित्रको पीसिआर नेगेटिभको रिपोर्ट अनिवार्य साथमा लिएर पालिकाका प्रवेश गर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।

दशैं सकिएपनि तिहार लगायतका अन्य चार्डपर्व मनाउनका लागि बाहिरी संक्रमण बढेका स्थान, भारत तथा तेस्रो मुलुकबाट गाउँ प्रवेश गर्ने नागरिकसंगै बाहिरी जिल्लाबाट आउने  जनप्रतिनिधी, कर्मचारी सबैले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेर वा पालिकाले बनाएको क्वारेन्टिनमा अनिवार्य १४ दिनसम्म बस्नुपर्ने व्यवस्था गरेको पालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी दिए । 

पालिकाले जारी गरेको सूचनाको अवज्ञा गरी लुकीछिपी गाउँछिर्नेलाई भने पालिकाले संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने व्यवस्था गरेको स्वास्थ्य संयोजक ढकालले बताए । 

पूर्वखोला गाउँपालिकामा हालसम्म २१२ जनाको कोरोना संक्रमण भएकोमा १७६ जना डिस्चार्ज भएका छन भने उपचारका क्रममा दुईजनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय पालपाले जनाएको छ । 

हाल सो गाउापालिकामा ३४ जना सकृय संक्रमित आईसोलेशनमा उपचाररत रहेका छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर