• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

एघार दिनपछि बालुवाटार गए प्रचण्ड, यस्ताे छ छलफलकाे एजेण्डा

काठमाडौं । पार्टीको आन्तरिक असमझदारी चुलिएका बेला सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड शनिबार बालुवाटार पुगेका छन् । केही दिन यता प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले प्रचण्डलाई लगातार बालुवाटार बोलाएपनि उनि गएका थिएनन् ।

कतिपय ओली पक्षीय नेताहरु प्रचण्डलाई फकाउन खुमल्टार नै पुगेका थिए । प्रधानमन्त्री ओलीले छलफल गर्ने, सहमति पनि गर्ने तरा कार्यान्वयन भने नगर्ने व्यवहारबाट प्रचण्ड दिक्क भएका थिए । पार्टी सचिवालयले गरेका निर्णय नमानेको, एकलौटी रुपमा मन्त्रिपरिषद विस्तार र राजदूत नियुक्ति गरेको, कर्णाली प्रदेशका पूर्व माओवादी पक्षीय मुख्यमन्त्री हटाउन खोजेको लगायतका विषयमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग असहमति राखिरहेका थिए । 

याे पनि....

प्रधानमन्त्री ओली र ‘रअ‘ प्रमुख गोयलबीच भएका गोप्य ५ सहमति !

 

कार्तिक ५ गते भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीलाई भेटेर फर्किएपछि दुई अध्यक्षबीच अविश्वास अझ बढेको थियो । 

सहमति कार्यान्वयन गराउन र देखिएका असमझदारीलाई सचिवालयको बैठक बोलाएर समाधान गराउनका लागि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको खुमल्टार श्रोतले बतायो । 

आजको दुई अध्यक्षबीचको छलफलमा सचिवालय बैठक बोलाएर समस्या समाधान गर्ने विषयमा मात्रै छलफल हुने, विवादित विषयमा प्रवेश नगर्ने बताईएको छ । 

गत कार्तिक ४ गते अध्यक्ष प्रचण्ड छलफलका लागि बालुवाटार गएयता ११ दिनपछि आज गएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर