• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

बार्सिलोनामा नयाँ स्टारको उदय !

एजेन्सी । ईटालिको टुरिनमा धेरैले आशा गरेका थिए कि सन् २०१८ पछि बल्ल विश्वका दुई सुपरस्टार लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोको भिडन्त हेर्न पाईने भईयो । कोरोना संक्रमणबाट मुक्त नभएका कारण विश्वभरका मेसी र रोनाल्डोका समर्थकहरुको त्यो ईच्छा पुरा हुन पाएन । त्यसपछि सवैको आँखा मेसीमाथि नै थियो । पेनाल्टीबाट एक गोल गरेका मेसीले एक असिस्टि मिलाईदिए भने खेलमा प्लेमेकरको भूमिका खेले । 

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बोर्तोमेउ सहित सिंगै बोर्डले राजिनामा दिएकाले पनि मेसी अघिल्ला दिनका तुलनामा त्यस दिन खेलेका देखिन्थे । किन भने मेसीको लडाँई अध्यक्ष बार्तोमेउ र बोर्डसंग लामै समयदेखि चलिरहेको थियो । 

मेसीका अलवा त्यस दिन धेरैको ध्यान खिच्न सफल खेलाडी हुन् बार्सिलोनाका मिडफिल्डर पेड्री । हुन त लामो समयदेखि मैदान बाहिर रहेका फ्रान्सेली डेम्बेले पनि दर्शकको आँखामा नपरेको होईनन् । तर, पेड्रीले जे गरे त्यो जादु जस्तै थियो । भोलीपल्ट स्पेनका अखबारहरुमा यही सिजन बार्सिलोनाले लास पाल्मासबाट साईन गरेका १७ वर्षका पेड्री छाए । 

देब्रे तर्फबाट मिडफिल्डमा खेलेका पेड्रीले खेलेका ४२ मध्य ४० पासमा सफल भए । युभेन्टसका स्टार पाउलो डिबाला, डेजान कुलुसेभ्सकी र राईट व्याक जुआन क्वार्डराडोलाई पेड्रीले हैरान बनाईरहेका थिए । 
पेड्रीलाई बार्सामा भित्र्याउन पनि उसले रियल मड्रीडको सामना गर्नुपरेको थियो । अन्तत बार्साले १५ मिलियन युरोमा पेड्री भित्राएको हो । 

बार्साका लिजेण्ड मिडफिल्डर आन्द्रेस ईनिस्टासँग तुलना गरिएको पेड्रीको खेलबाट नयाँ प्रशिक्ष रोनाल्ड कोयम्यान प्रभावित भएको गोल डटकमले जनाएको छ । 

पेड्रीको खेल देखेपछि प्रभावित कोयम्यानले लिगमा एलक्सालिकोमा पनि उनलाई उतारे भने च्याम्पियन्स लिगमा युभेन्टस विरुद्धको ठूलो खेलमा पनि मौका दिए । यसले पेड्रीले कोयम्यानको मन जितेको देखिएको छ । तर, अर्का पुराना तर प्रभावशाली योङ किड रिकी पुजलाई भने कोयम्यानले पत्याएका छैनन् । बार्सामा धेरै खेल्ने मौका नपाउने भएकाले अर्को क्लब रोज्न उनले पुजलाई सुझाव दिएका छन् । 
बार्साकाे नयाँ स्टर पेड्री कि फाती कि रिकी पुज ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर