• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अर्मेनियासँगको झडपका क्रममा हवाई आक्रमणमा परी अजरबैजानका ९ बालबालिकाको मृत्यु

बाकु । अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो ।  

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नो काराबाखमा द्धन्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् । 

यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ । 

अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताएका छन् । 

शिक्षा मन्त्री अम्रुल्याएभले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्धन्द्धमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्यान गएको बताएका हुन् । 

दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण गरिरहेका छन् । एएनआई

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर