• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

तुरुन्तै सचिवालय बैठक डाक्न प्रचण्डको प्रस्ताव, प्रधानमन्त्री माैन !

काठमाडौं । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली संग ११ दिन पछि आज भएको छलफलका क्रममा अध्यक्ष प्रचण्डले सचिवालय बैठक डाकेर देखिएका समस्या हल गर्न प्रस्ताव गरेका हुन् । 

अध्यक्ष प्रचण्डले प्रस्ताव गरेपनि सचिवालय बैठकको मिति भने तय हुन सकेको छैन । अध्यक्षद्वयले आजको छलफलमा सचिवालयका संभावित एजेण्डाबारे परामर्श गरेका थिए । 

कर्णाली प्रदेशको समस्या, पर्सा घटना, भारतीय गुप्तचर प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमण र सरकारले गरेका सहमति, कोरोना भाइरसको निणन्त्रणमा सरकारले गरिरहेका कामको समिक्षा लगायतका विषयमा छलफल गर्न सचिवालय बस्नु आवश्यक हुने अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए । बालुवाटार श्रोतका अनुसार अध्यक्ष प्रचण्डको प्रस्तावमाथि कुनै जवाफ नदिएका प्रधानमन्त्री ओलीले बैठकको मिति समेत तय गर्न सहमति जनाएनन् । 

सचिवालयको बैठक बसेर समसामयीक विषयमा छलफल गर्न यसअघि पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि लिखित रुपमा माग गरेका थिए । 

रअका प्रमुखको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको भेटबार्ताबारे प्रवक्ता श्रेष्ठले सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । यीनै विषयमा माथि छलफल गर्नका प्रवक्ता श्रेष्ठले सचिवालय बैठकको माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर