• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपालमा थप २५ सय ८ जनामा संक्रमण पुष्टि,२ हजार २६४ जना डिस्चार्ज 

काठमाडौं  ।  पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । 

२४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर