• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

फ्यानलाई बर्थ डे गिफ्ट देलान् त आज आन्सु पातीले ?

एजेन्सी । बार्सिलोनाका युवा स्टार आन्सु फाती १८ वर्षमा लागेका छन् । स्पेनिस ला लिता, च्याम्पियन्स लिग तथा स्पेनिस राष्ट्रि टिममा समेत नयाँ नयाँ रेकर्ड बनाउन सफल फाती आजबाट १८ वर्ष लागेका हुन् । २०१९ अगस्ट २५ मा उनले बेटिस विरुद्ध बार्सिलोनामा डेब्यु गरेका थिए । 

बार्सिलोनाले आजै लिगमा आसभेस विरुद्ध खेल्दैछ भने फाटी प्लेईङ ११ मा परेका छन् । सन् २०२२ सम्म बार्सिलोनामा आवद्ध हुने सम्झौता भएका फातीलाई बार्साले ४ सय मिलियन युरो रिलिज क्लज राखेको छ । 


नयाँ प्रशिक्षक रोनाल्ड कोयम्यानको नेतृत्वमा फातीले ७ खेल खेलेर ५ गोल गरेका छन् । उनको प्रदर्शनबाट सन्तुष्ट कोयम्यानले उनलाई खेलमा अझ केन्द्रित हुन सुझाव दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर