• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकामा टिकटकलाई प्रतिबन्धका लागि थप समय दिइयो 

एजेन्सी । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्धारा प्रतिबन्धका लागि नयाँ समयसीमा तोकिएको छ । 

ट्रम्प प्रशासनले टिकटकलाई दिएको ४५ दिने समयसीमा बिहिबार सकिँदै थियो, यसै दिन अमेरिकी सरकारले प्रतिबन्ध लागू गर्ने समयसीमा अझै केही दिन पर सारेको घोषणा गरेको छ । 

टिकटकले राष्ट्रिय सुरक्षा चिन्तालाई लिएर विभिन्न देशमा प्रतिबन्धहरुको सामना गरिरहेको छ । अमेरिकामा मोबाइल एप्स स्टोरबाट हटाइएको छ । 

बिहिबारबाट प्रतिबन्ध लागू हुनसक्ने अनुमान लगाइएको थियो तर अमेरिकी वाणिज्य विभागले प्रतिबन्धका लागि दिइएको समयसीमा लम्बाइएको जनाएको छ । 

यो खबर प्रतिबन्धका लागि अक्टोबरको समयसीमा विरुद्ध टिकटकले एक न्यायाधीश विरुद्ध अपिल गरेको अमेरिकी न्याय विभागले बताएपछि आएको हो, जसले प्रतिबन्ध लगाउनबाट रोकेको छ । १२ नोभेम्बरको तोकिएको समयलाई ३० दिन पर सारिएको छ । 

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्व रहेको लोकप्रिय एप टिकटकलाई ट्रम्प प्रशासनले यसले लाखौँ अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिने र चिनियाँ सरकारसम्म पुर्याउने गरेको भन्दै राष्ट्रिय सुरक्षाका लागि खतरा हुने आरोप लगाउँदै आएको मछ । यद्यपि, टिकटकले आरोपहरुको खण्डन गर्दै आएको छ । 

गत अगस्ट महिनामा ट्रम्पले टिकटकले आफूलाई ४५ दिनमा अमेरिकी कम्पनीलाई बेच्नुपर्ने एक आदेशमा हस्ताक्षर गरेका थिए । यस प्रक्रियाले बाइटडान्स कम्पनीलाई विभिन्न अमेरिकीहरुसँग सम्झौँता गर्नुपर्ने दबाब दिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर