प्रदेश १ मा ३६४ सङ्क्रमित थपिए

विराटनगर ।  प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकोमा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ  ।
    
सङ्क्रमितहुनेहरुमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१,  सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन–तीन, सङ्खुवासभा र धनकुटामा दुई–दुई, ओखलढुङ्गा र भोजपुरमा एक–एक र प्रदेश बाहिरका २२ जना रहेका छन् । प्रदेशमा  सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ । 

 यसप्रदेशमा आज ७३६ जना सङ्क्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ जना पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण  गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर