• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 01:37 am

३४ वर्षपछि फरार अभियुक्त पक्राउ

परासी। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्। जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस-१ (हाल सुनवल नगरपालिका-१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले वि.सं. २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेस गरिएकामा अदालतको आदेशअनुसार तोकिएको १० वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बेपत्ता छानविन आयोगको कामलाई उपलब्धिमुलक वनाउन मुख्यमन्त्री शाहीको आग्रह

  • १० मङ्सिर, २०७७

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन

पाल्पामा ट्याक्टर दुर्घटना,एकको मृत्यु ३ जना घाईते 

  • १० मङ्सिर, २०७७

पाल्पा ।  पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।  जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिका–६,

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

  • १० मङ्सिर, २०७७

गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको