काँग्रेस नेता उपाध्यायको निधन

सुदूरपश्चिम ।  नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ ।  

 श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षका उमेरमा  निधन भएको काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले बताउनुभयो । डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आउनुभएका उनले विसं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भएर जिम्मेवारी बहन गरेका थिए । 

उहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका तीन छोरा र श्रीमती  छन्  । स्व उपाध्यायको आजै कैलालीको कर्णाली नदीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काँग्रेस नेता कार्यकर्ताको उपस्थिति थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर