• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी, ७ जनाकाे मृत्यु

काठमाडौं ।  हङकङमा आइतबार राति भएको आगलागीमा परी ७ जना नेपालीको मृत्यु भएको छ । हङकङस्थित नेपालीहरुका अनुसार एक नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा मा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा केही बालबालिका र महिला पनि रहेको बताइएको छ। ७ जना मध्ये ४ महिला र ३ पुरुष रहेका छन्। हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निंग पोस्टका अनुसार एक ९ वर्षीय बालकको पनि मृत्यु भएको छ।

समाचारअनुसार ठूलो संख्यामा अन्य नेपालीहरु घाइते भएका छन्। नेपालीले अनुमति नलिएर सञ्चालन गरिरहेको रेष्टुरेण्टमा आगलागी भएको जनाइएको छ।

हङकङको यु मा तेइस्थित कटन रोड एण्ड सेंगन स्ट्रीटस्थित भवनमा आगलागी भएको साउथ चाइना मर्निंग पोस्टले जनाएको छ। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर