• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बार्सिलोनामा डेम्बेलेलाई अन्तिम मौका !

एजेन्सी । फ्रान्सेली युवा स्टार उसमान डेम्बेले प्रशस्त संभावना भएर पनि पछिल्लो चरणमा चम्कन नसकेका स्ट्राईकर हुन् । महंगो मुल्यमा ब्रोयसिया डर्टमुण्डबाट बार्सिलोना भित्रिएका डेम्बेले कहिले ईन्जुरी त कहिले अनुशासन हिनताका कारण अधिकाँश समय मैदान बाहिर पर्दै आएका छन् । 

बार्सिलोनाका ओण्डर किड आन्सु फातीको ईन्जुरीसँगै डेम्बेलेलाई प्रमाणित गर्ने मौका आएको छ । लुईस स्वरेज बाहिरिएका कारण बार्सिलोनामा सिमित स्ट्राईकर छन् । जसका कारण पनि डेम्बेलेले खेल्न पाउने संभावना बढि छ । आन्सु फाती घुंडाको चोटका कारण ४ महिना मैदान बाहिर छन् । फातीले सानै उमेरमा बार्सिलोना मात्र होईन विश्व फुटबलमा आफ्नो क्षमता देखाईसकेका छन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानको विश्वास जितेका फातीले बार्सिलोनाको पछिल्लो शुरुवाती ११ मा प्रायः स्थान पक्का गर्दै आएका छन् । 

बार्साका लागि मेसी र ट्रिगंकाओ राईट विगं, स्वारेजको स्थान सेन्टर फरवार्डमा एन्टोनी ग्रिजम्यान तथा लेफ्ट विगंमा फाती अथवा डेम्बेलेले खेल्ने गरेका छन् ।

नेईमार पेरिस सेन्ट जर्मन गएपछि बार्सिलोनाले विकल्पका रुपमा १ सय २४ मिलियन डलरमा डर्टमुण्डबाट डेम्बेलेलाई अनुवन्ध गरेको हो । तर उनले सोचे अनुसारको स्थिर र प्रभावकारी प्रदर्शन गर्न नसक्दा बेलाबेला बार्सिलोना पछुताउने गरेको छ । 

पछिल्लो चरणमा ईन्जुरीबाट फर्किएका डेम्बेलेर केही सुधारिएको प्रदर्शन गरिरहेका छन् । 

डेम्बेले यसपटक राष्ट्रिय टिममा समेत परेनन् । के उनी फेरी टिममा पर्ने संभावना छ त भन्ने प्रश्नमा फ्रान्सेली प्रशिक्षक डिडियर डेसचाम्सले उनी फर्खरै मेजर अप्रेसनबाट फर्किएकाले टिममा नपारेको र उनी फेरी पर्ने कि नपर्ने भन्ने कुरा उनको फिटनेशमा भर पर्ने बताए । 

डेम्बेलेबारे यसअघि बार्साका कप्तान लियोनल मेसीले समेत राम्रो कमेन्ट गरेका छन् । उनी मैदानमा सर्बोत्कृष्ट छन्, मेसीले भने । तर कुनै क्लबले राम्रो प्रस्ताव ल्याएमा बार्सिलोना डेम्बेले बेच्ने पक्षमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर