सुदूरपश्चिमका सामाजिक बिकासमन्त्री सुवेदीलाई कोरोना संक्रमण

फाइल तस्विर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए । 

कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बस्नुभएका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत छन् । गएको कात्तिक १५ गते उनका कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर