एफएनसीसीआईको चुनावमा ६३ सिटका लागि १२७ जनाको भिडन्त, मैदानमा को को ? (नामावलीसहित)

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन हुँदैछ । आगामी आगामी ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न हुने निर्वाचनका लागि मंसिर ४ गते ५ः०० सम्ममा मनोनयनपत्र बुझाइसक्नुपर्ने थियो । सोही अनुसार महासंघको निर्वाचन समितिले शुक्रबार विहान निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । 

मूख्य निर्वाचन अधिकृत उमेन्द्र केशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लिलामणि पौडेल र रमणकुमार कर्णले सार्वजनिक गरेको सूचीअनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ । 


हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्ने छन् भने अन्य पदमा निर्वाचन हुन लागेका हुन् । त्यस्तै महासंघको केन्द्रीय सदस्यहरुमा पनि दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ बाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । त्यस्तै महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभाले निर्वाचन मिति तोकेको थियो । गत चैतमा हुनुपर्ने महासंघको निर्वाचन कोरोना आतंकका कारण पछि धकेल्लिएको थियो । 

कसको प्रतिष्पर्धी को ? नामाविलीसहित 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर