• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 07:56 am

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौँ ।  एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब रु १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार ( १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । 
बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो ।

नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो । सो विमानस्थल अन्तरराष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ ।

यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले वैकल्पिक अन्तरराष्ट्रिय हवाई यातायात सुविधा प्रदान गर्ने उल्लेख गर्दै बैंकले लुम्बिनी गौतम बुद्धको जन्मस्थल एवं  प्रमुख पर्यटन गन्तव्य रहेको उल्लेख छ ।

बैंकको प्रधान कार्यालय मनिलाबाट आज जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पछिल्लो सहयोगले विमानस्थलको सुरक्षा, क्षमता र परिचालन दक्षता सुधार गर्ने विश्वास लिएको छ । नयाँ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवनको निर्माणपछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले उल्लेख  गरे । 

सो परियोजनाले नेपालको पर्यटन उद्योगलाई पुनःर्जीवित गर्न र कोभिड–१९ को महामारीका कारण परेको दीर्घकालीन नकारात्मक असरलाई सम्बोधन गर्न मद्दत गर्ने उहाँको भनाइ छ । ऋण सहयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङ्गर, एप्रोन निर्माण गरिनेछ । यस्तै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ अन्तरराष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउनेछ ।

सो परियोजनाको अर्को प्रमुख विशेषता भनेको जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्ने गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य प्यानल र स्वच्छ ऊर्जा प्रदान गर्ने सामग्री प्रयोग गरेर गरिनेछ । एशियाली विकास बैंकको सहयोगमा नै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

निजगढ विमानस्थलको लगानी मोडालिटी बनाउने तयारी

  • १२ मङ्सिर, २०७७

काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा साता दिनभित्र छलफल गर्ने

इयुको आकाशमा नेपाललाइ प्रतिवन्ध लगाउनुको कारण छैन–पर्यटनमन्त्री

  • १२ मङ्सिर, २०७७

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एभिएसन सेफ्टी रिपोर्ट’ २०२० सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच

प्रभुले ६० लाख कित्ता साधारण सेयर निश्कासन गर्ने 

  • १२ मङ्सिर, २०७७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता प्राथमिक सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पनि