• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 02:43 am

क्रिकेटको बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।  उसले हिजो(शुक्रबार) व्यवस्थापक एवम् फिजियो बिक्रम न्यौपानोलाई पत्रमार्फत् बन्द प्रशिक्षणको जानकारी दिँदै खेलाडीलाई क्याम्पमा सहभागी गराउने बताएको हो।

क्यानले पत्रमा लखेको छ, ‘आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपायका साथ मंसिर १० गतेदेखि काठमाडौंमा बन्द प्रशिक्षण सञ्चालन गर्न लागिएको छ।’

प्रशिक्षणका लागि मंसिर ८ गते सबै खेलाडीको पीसीआर टेस्ट गराइने छ र रिपोर्ट नेगेटिभ आएका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने क्यानले जनाएको छ।राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जगतबहादुर टमाटालाई राखिएको छ।

बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), पारख खड्का, सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन शर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की सहभागी हुने छन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 क्रिकेटर सन्दीप लामिछाने कोरोना मुक्त

  • १७ मङ्सिर, २०७७

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त  भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

  • १७ मङ्सिर, २०७७

काठमाडौं । यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

  • १७ मङ्सिर, २०७७

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अजाक्सलाई