• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पुनः गणनामा पनि जर्जियामा बाइडेन विजयी

एजेन्सी । परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ ।

राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्‍याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् ।

जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार ६७० मतले हराएका हुन् । राज्यको कानून अनुसार गरिएको अडिटपछि बाइडेनको जित निश्चित भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर