• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 02:48 am

मंसिर २९ मा कविता महोत्सव हुने

काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड-१९ का  कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए। 

प्रतिष्ठानले २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ। यसअघि २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो। प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ।

सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय तीनजनालाई जनही ३० हजार रूपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न 

  • १६ मङ्सिर, २०७७

सप्तरी । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक

आँखाआँखा बोलिरहेका थिए, के अब हाम्रो जीवन यत्ति हो ?

  • १३ मङ्सिर, २०७७

निश्चलले मात्र आफ्नो पार्टी हैसियत भने । अरुले पेशागत परिचय नै दियौँ । हुन त निश्चलले त्यतिबेला हैसियत भन्नु र नभन्नुमा केही फरक थिएन । उनीहरूले सबै

त्रासदी

  • १३ मङ्सिर, २०७७

दुर्गम इलाकाका स्कुल र विद्यार्थीको हविगत कोरोना कहरमा देखि नसक्नु रहेको छ । महङ्गो रासनपानीमा आफ्ना बच्चाको पेट भर्नु कि शिक्षामा लगानी गर्नु