पारिश्रमिक बिना नै फिल्म ‘पठान’ मा अभिनय गर्दै शाहरुख खान, मेकर्सको अगाडी राखे यस्तो सर्त

एजेन्सी । बलिउडको ‘बादशाह’ भनेर चिनिने शाहरुख खानका फ्यानहरु उनको आगाी फिल्मको प्रतिक्षामा छन् । यसैबीच शाहरुख अभिनित फिल्म ‘पठान’ को सुटिङ पनि सुरु भइसकेको छ । 

केही दिन अगाडी फिल्म ‘पठान’को सेटबाट शाहरुखको एक तस्बिर सार्वजनिक भएको थियो । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । शाहरु खानको फ्यानले उक्त तस्बिर सेयर गर्दै लेखेका छन् –‘ फर्केर आयो शेर’

फिल्म ‘पठान’ को सुटिङ मुम्बईको  यशराज स्टुडियोमा भइरहेको छ । धेरै बजेटमा बनिरहेको यस फिल्मको निर्देशन सिद्धार्थ आन्नदले हरेक दिन फिल्मको विषयका केही नयाँ जानकारी सेयर गरिरहेका छन् । यसैबीच सार्वजनिक खबर अनुसार शाहरुख खानले फिल्म ‘पठान’ को लागि पारिश्रमिक नलिने भएका छन् । 

खासमा उनले फिल्म मेकर्ससँग फिल्मको प्रोफिटमा आफ्नो सेयरको  माग गरेका छन् । उनले फिल्मबाट आएको मुनाफामा ४५ प्रतिशत हिस्सा मागेका छन् । जस अनुसर फिल्मले १०० करोड कमायो भने त्यसबाट ४५ करोड शाहरुखको हुने छ । यो रकम शाहरुखले लिने पारिश्रमिक भन्दा निकै ज्यादा हुने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर