• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पार्टी कुनै पनि हालतमा फुट्दैन–उपाध्यक्ष गौतम

तुलसीपुर  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् ।  तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए। “म कुनै गुटमा छैन, म सधँै गुटको विपक्षमा हुन्छु” , उनले भने, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।” 

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको  उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए ।

उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने भन्दै मुलुक समृद्धिका मार्गमा अघि बढेको र  सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत जिकिर गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर