• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भिल्लारियलसँग रियलको बराबरी

काठमाडौं ।  शनिबार राति भएको खेलमा स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता टोली रियल मड्रिडले बराबरी खेलेको छ । खेलमा रियलले भिल्लारियलसँग १–१ गोलको बराबरी खेलेको हो ।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि मोरियनोले गोल गरे । त्यस्तै भिल्लारियलका लागि ग्राड मोरेनोले गोल गरे ।
खेलको दोस्रो मिनेटमा मोरियनोल गोल गर्दै रियललाई अग्रता दिलाए । पहिलो हाफमा १–१० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायम राख्‍न सकेन । ७६औं मिनेटमा भिल्लारियलका लागि मोरेनोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

बराबरीसँगै रियलले ९ खेलबाट १७ अंक जोडेको छ । रियल अंक तालिकाको चौथो स्थानमा छ । यता भिल्लारियलले १० खेलबाट १९ अंक जोडेको छ । भिल्लारियल तालिकाको दोस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर