कालिकोट पचालझरना गाउँपालिका सबै विद्यालय खुले 

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाका सबै सामुदायिक बिद्यालयहरु आइतवारबाट नियमित रुपमा संचालनमा आएका छन् । 

लामो समयको बन्दाबन्दी र कोभिड १९ कोरोना भाइरसका कारण बन्द रहेका सामुदायिक विद्यालयहरु गाउँ कार्यपालिकाको निर्णय अनुसार सबै सरोकारवालाहरु सँगको छलफल पछि आइतवारबाट गाउँपालिकाले पालिकामा रहेका सबै विद्यालयहरुलाई संचालनमा ल्याउनको लागि निर्देशन दिए सँगै विद्यालयहरु संचालनमा आएका हुन् । 

‘लामो समयको  बन्दाबन्दीका कारण  देशैभरका विद्यालयहरु बन्द रहेको अबस्थामा गाउँपालिकाले मात्रै पठनपाठन शुरु गरेर साध्य थिएन, ‘पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले भने, ‘गाउँपालिकामा  अहिले सम्म कसैलाई पनि कोरोना संक्रमण नभएको र विद्यार्थीहरुको यहि कोरोना भाइरसका  कारण पढाई अस्तव्यास्त भएकाले  स्वास्थ्य सावधानीको साथ विद्यालयको पठन पाठन शुरु गरिएको हो  ।’

अध्यक्ष सेजुवालका अनुसार गाउँपालिकामा अहिले सम्म कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन बरु पालिका भन्दा बाहिर रहेका नागरिकहरुलाई भने कोरोना संक्रमण देखिएको छ बाहिरबाट आउने नागरिक र  विद्यार्थीहरुको स्वास्थ्यको गाउँपालिकाले विषेश ख्याल् राख्ने छ  ।

गाउँपालिकाले विद्यार्थीहरुको लागि प्रयाप्त मात्रमा मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएकोले भौतिक दुरी कायम गरी विद्यार्थीहरुलाई पठन पाठन गराइने छ । 

पठन पाठन शुरु भएका विद्यालयहरुमा विद्यार्थीहरुलाई भौतिक दुरी कायम गरी नियमित कलासहरु लिने गरिएको श्री ज्ञानोदय मा.वि राम्नाकोटका प्रधानाध्यापक ममराज सेजुवालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर