राप्रपा संयुक्तको जिल्ला कमिटी नै काँग्रेस प्रवेश

बुटवल । कमल थापा, पशुपति शम्शेर जवरा र प्रकाशचन्द्र लोहनी ३ जनाले नेतृत्व गरिरहेको राप्रापा संयुक्तको जिल्ला कमिटी नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । आईतबार कपिलवस्तुमा आयोजित एक कार्यक्रमका बीच जिल्ला अध्यक्षसहित कमिटीका ५४ जना काँग्रेस प्रवेश गरेका हुन् । 

देशमा संकट आईपरेका बेला राप्रपाका नेताहरुले केही गर्न नसकेकाले आफुहरु काँग्रेस प्रवेश गर्नुपरेको उनिहरुको दावी छ ।  जिल्ला अध्यक्ष राम आशिष पाण्डेयसहित समितिका पदाधीकारी र जिल्ला स्तरिय नेतालाई काँग्रेस पार्टीका केन्द्रिय सदस्य तथा  संघीय सांसद अतहर कमाल मुसलमान, कांग्रेसका बैकल्पिक केन्द्रिय सदस्य तथा सांसद अभिषेक प्रताप शाह, राजश सिंह लगायतले  नेपाली कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रबेश कार्यक्रममा स्वागत गरे । 

कार्यक्रममा नै उनीहरुलाई पार्टीको साधारण सदस्यता समेत प्रदान गरिएको थियो ।
काँग्रेस प्रवेश गर्नेहरुमा रापपा संयुक्तका पार्टी उपाध्यक्ष साजिद अली, सचवि तारा प्रसाद मिश्रा, सह सचिव राधेश्याम यादव, कोषाध्यक्ष काशिराम यादव, प्रबक्ता अर्थ बहादर बिष्ट लगायत छन् । 

सो अवसरमा पार्टीका केन्द्रिय सदस्य अतहर कमालले नेकपाको दुई तिहाई सरकारबाट जनता आक्रान्त भएका बेला राप्रपा संयुक्त का साथीहरु कांग्रेसमा प्रबेश गरे पछि पार्टी झन सशक्तरुपमा अघि बढने बताए । उनले अब लोकतन्त्रको रक्षा र जनताको सवालमा सबै मिलेर सशक्तरुपमा अघि बढनु पर्ने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर