• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

पाल्पा । जेठ १७ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको पाल्पा जिल्लामा बिचमा संक्रमण शून्यमा झरेको भएपनि पछिल्लो समय समुदायमा दैनिक संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७३ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

संक्रमितमध्ये १ हजार १२७ जना पुरूष र ३४६ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका भित्र ४ सय ५४ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

जिल्लामा हालसम्म २० जना संक्रमितले ज्यान गुमाएको र १ हजार १ सय ९३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । अहिले पनि जिल्लाभर २ सय ६० जना सक्रिय संक्रमित रहेको हुँदा समुदायमा संक्रमण फैलिने जोखिम कायमै रहेको स्वास्थ्य विधको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर