• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोनाविरुद्धको भ्याक्सिन विदेशबाट आउने वित्तिकै नेपालीले पाउनेछनः स्वास्थ्य मन्त्री

काठमाडौं । कोरोना भाइरस ‘कोभिड–१९’ महामारीको सुरुवात भएको यतिका समय वितिसक्दा पनि अझैसम्म कुनै पनि मुलुकले त्यसको विरुद्ध भ्याक्सिन तयार पार्न सकेको छैन ।

केही विकसित मुलुकहरुले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधिहरु आविष्कार गरेको, परिक्षणको अन्तिम चरणमा पुगेको वा ७० प्रतिशत काम भएको भन्ने समाचारहरु हामी दैनिक सुन्न पाउँछौं । त्यसैले पनि होला सायद स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पनि कोरोनाविरुद्धको भ्याक्सिन निर्माण भएलगत्तै नेपालीले पनि पाउनेछन् भनेका ।

विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोनाविरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् । 

कोरोनाविरुद्धको खोप अन्य मुलुकमा सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै नेपाल भित्राउनका लागि सरकारी तथा गैरसरकारी तर्फबाट पहल गरिने बताए । 

कोरोनाको भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको समेत बताए । 

कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सजिलो बनायोस र भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन कानुनी बाटो पनि खुला गरिएको समेत उनले बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर