पिता आमिर खानको फिटनेस ट्रेनरलाई डेट गरिरहेकी छन् इरा खान 

मुम्बई । बलिउड अभिनेता आमिर खानको छोरी इरा खान फेरी चर्चामा आएकी छन् । केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । अब यस पटक खुलासा प्रेमीको भएको छ । 

भारतीय मिडियाले जनाए अनुसार इरा फेरी प्रेममा परेकी छन् । उनी आफ्नै पिताको फिटनेस ट्रेनर नुपुर शिकरेलाई डेट गरिरहेकी छन् । निपुर आमिर खानको विशेष ट्रेनर हुन् । 

इरा र नुपुर पछिल्लो ६ महिनादेखि प्रेममा छन् । लकडाउनको समयमा इराले नुपुरको साथमा वर्कआउड गरेको भिडियो धेरै सेयर गरेकी थिइन् । 

इराले ट्याटु बनाउने ट्रेनिङ पनि लिएकी थिइन् । जसमा उनले पहिलो ट्याटु नुपुरको हातमा बनाएकी थिइन् । उक्त तस्बिरलाई उनले सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर