बेपत्ता छानविन आयोगको कामलाई उपलब्धिमुलक वनाउन मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई आग्रह गरेका छन् ।

 आयोगले बुधवार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले शान्ति प्रक्रियाका वाँकी काम छिटो छिटो सम्पन्न गुर्नपर्ने वताए । 

अहिलेको राजनैतिक परिवर्तनमा सहिद र बेपत्ता पारिएका योद्धाहरुको मुख्य भूमिका रहेको वताउदै मुख्यमन्त्री शाहीले बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयसम्म न्याय नपाउनु दुखपूर्ण रहेको वताए  ।

 फर्केर आउने आशैआशामा वाँच्नु निकै पिडादायी हुने भन्दै मुख्यमन्त्री शाहीले बेपत्ता पारिएका परिवारजनलाई छिटो भन्दा छिटो न्याय दिनुपर्ने आवश्यकतामा जोड दिए  । 

मुख्यमन्त्री शाहीले हरेक जिल्लामा गएर पीडितका कुरा सुन्न आयोगलाई आग्रह गरे  । उनले राजधानीमा मात्र कार्यक्रम गरेर आयोगको काम उपलब्धीमुलक हुन नसक्ने धारणा राखे  । 

बेपत्ता परिवारका धारणा सुनेर उनीहरुका समस्याहरुका बारेमा प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको मुख्यमन्त्री शाही ले  वताए  । 

मुख्यमन्त्री शाहीले बेपत्ता परिवारको लागि राहात र परिपुरणका कामका लागि प्रदेश सरकारले आवश्यक वजेट तथा कार्यक्रमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । 

सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शिक्षा, स्वास्थ्यको निशुल्क गर्ने र रोजगारीको व्यवस्थाका लागि आवश्यक नीति बनाईने मुख्यमन्त्री शाहिको  भनाई छ । 

करार सेवामा समेत सहिद र वेपत्ता पारिएका परिवारजनका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा ऐनमा पनि त्यस्तो प्राथमिकताको लागि व्यवस्था गरिने वताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर