• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

काेराेनाका कारण २४ घण्टामा २३ जनाकाे मृत्यु, १६१४ जना नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा अधिराज्यभर १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १२ पुगेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर