• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कुलोमा डुबेर दुई वर्षिय बालकको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा घर नजिकैको कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ । बिहीवार बेलुका साँझ रामपुर नगरपालिका वडा नं ३ रजघराका दामोदर देवकोटाको २ वर्षीय छोरा बोधराज देवकोटाको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर आगनमा खेल्ने क्रममा घर आगाडी रहेको कुलोमा डुबेपछि उपचारका क्रममा रामपुर अस्पताल पाल्पामा पुर्याउदा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर