आफूले गरेको विकास देखेर अन्य पार्टीका नेता कांग्रेस प्रवेश गर्न थाले अमरेश कुमार

जनकपुरधाम । सर्लाहीको गोडैतामा बिहिवार नेपाली कांग्रेसको नगर कार्य समितिको कार्यालय उद्घाटन गरिएको छ ।

कांग्रेसका नेता एवं सर्लाही ४ नम्वर क्षेत्रका संघीय सांसद डा. अमरेश कुमार सिंहले पार्टी कार्यालय भवनको उद्घाटन गरेका हुन् । पार्टीका नगर सभापति चिरन्जिवी झाको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्व जिल्ला सभापति लक्ष्मण राय, संविधान सभा सदस्य रामचन्द्र चौधरी, नेता विनोद खनाल, मेयरका स्वतन्त्र प्रत्यासी श्याम साह, डा। जीतेन्द्र मिश्र लगायतले सम्वोधन गरे ।

कार्यक्रममा अन्य पार्टी परित्याग गरी केही नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै सांसद डा। सिंहले ४ नम्वर क्षेत्रमा आफूले गरेको विकास देखेर अन्य पार्टीका नेता कार्यकर्ता धमाधम कांगे्रसमा प्रवेश गर्ने लहर चलिरहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर