• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

तपाईंको आज : मंसिर १२ गते शुक्रबार विशेष राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आज हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि हो ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै कसैलाई घर फर्कने र परिवारमा रमाइलो वातावरण बन्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज उपहार पाईने दिन छ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । आफन्त रमाईलो भेटघाटपनि हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर