• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पूर्वराजाको पक्षमा देशभर प्रदर्शन : राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस समर्थक पनि सहभागी

काठमाडौं ।  जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको थियो । ¥यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत ¥यालीमा सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने।

धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको ¥यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ। ¥यालीमा राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको नारा लगाइएको थियो । कैलाली र कञ्चनपुरका सहरी तथा ग्रामीण क्षेत्रबाट मानिसहरू ¥यालीमा सहभागी हुन आएका थिए।

कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले सरकार र राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दाको वितृष्णा ¥यालीमा देखिएको बताए। ‘लोकतान्त्रिक व्यवस्थाप्रति भन्दा पनि लोकतन्त्रमा जे हुने भनिएको थियो त्यो हुन नसक्दा वितृष्णा बढेको हो । वितृष्णा अभिव्यक्त हुनु स्वाभाविक पनि हो,’ उनले भने।

राजसंस्था पुनस्र्थापनाको माग गर्दै रूपन्देहीबाट थालिएको अभियान देशव्यापी हुन थालेपछि रूपन्देहीमा अझ ठूलो प्रदर्शनको तयारीमा राजावादीहरू लागेका छन् । राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार बढेकाले देशको हितका लागि राजा र हिन्दू राष्ट्र कायम गर्न जरुरी रहेको उनीहरूको निष्कर्ष छ।

वीर गोर्खाली अभियान, शिव सेना नेपाललगायतको नामबाट गत १७ कात्तिकमा मणिग्रामदेखि बुटवलसम्म राजावादीहरूले भव्य ¥याली निकालेका थिए। राप्रपाका केन्द्रीय सदस्य शक्ति सापकोटाले रूपन्देहीमा अझ ठूलो प्रदर्शनको तयारी भइरहेको बताए।

राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै बुधबार राजावादीले पोखरामा ¥याली प्रदर्शन गरेका छन । आयोजकविनाको प्रदर्शन भनिए पनि शिवसेना नेपालले ¥याली आह्वान गरेको थियो, जसमा १८ हजार मानिस सहभागी भएको शिवसेनाका अध्यक्ष अनिल बस्नेतको दाबी छ । प्रहरीले भने हजारभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी कारसहितको ¥याली प्रदर्शन भएको जनाएको छ।

राष्ट्रियवादी समूहको नेतृत्वमा राजावादीहरूले बुधबार जनकपुरमा ¥याली निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, शिव सेना नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिकलगायतका नेता–कार्यकर्ताको ¥यालीमा उल्लेख्य सहभागिता थियो।

प्रदेश १ को राजधानी विराटनगरमा गत २७ कात्तिकमा राजावादीले प्रदर्शन गरे । उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र मूर्दावाद’, ‘केपी ओली मूर्दावाद’, ‘संघीयता खारेज गर’, ‘धर्मनिरपेक्ष संविधान चाहिँदैन, हिन्दू राष्ट्र कायम गर’ लगायत नारा लगाउँदै नगर परिक्रमा गरे।

आगामी १४ मंसिरमा राजावादीहरूले हेटौँडामा पनि प्रदर्शन गर्दै छन् । जसमा भित्री रूपमा राप्रपाले सहयोग गरिरहेको छ, तर खुलेर स्वीकार गरेको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर