• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

अलबिदा डिएगो म्यारोडना ! निजी समाराेहमा अन्तिम बिदाई

एजेन्सी । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको पार्थिव शरीर एक निजी समहारोकाबिच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टि गरिएको छ ।

६० वर्षका म्याराडोनाको गएको बुधबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनपछि विश्वभरका फुटबल फ्यानहरु शोकमा छन् ।

अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । बिहीबार भएको अन्त्येष्टि समारोहमा परिवारका सदस्या, आफन्त र नजिकका साथी गरि झण्डै दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर उनको कफिन लगिँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका फ्यानहरुले उनको अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए । उनीहरुले म्याराडोनाको कफिन तर्फ चुम्बन गरेका थिए ।

विश्वभर शोकको अवस्था रहे पनि राष्ट्रिय हिरोका रुपमा लिइने अर्जेन्टिनामा शोक अति गहिरो छ । म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबर बुलेट समेत प्रहार गरेको थियो । राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घर म्याराडोनाको पार्थिव शरीर गाडिएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर