जन्मदिन विशेष : पप म्युजिकको महारथी बप्पी लहरी किन लगाउँछन् यति धेरै सुन ?

एजेन्सी ।  पप गायक तथा कम्पोजर बप्पी लहरीले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनले ५ सय भन्दा धेरै गीत गाएर आफ्नो लागि लेजेन्डको उपाधि जितेका छन् । उनको आज जन्मदिन परेको छ । उनी सन् १९५२ नोभेम्बर २७ मा जन्मेका हुन् । उनी ६८ वर्ष लागेका छन् । 

बलिउडमा पप म्युजिकको विशेष श्रेय पनि बप्पी लहरीलाई जाने गर्छ । उनले गाएका ८० का दशकका गीत र आज गाएका गीतलाई पनि दर्शकले निकै मन पराउने गर्नेछन् । 

बप्पी गीतको कारण मात्र होइन् आफ्नो शरीरमा लगाएको  सुनको कारण पनि चर्चामा रहने गरेका छन् । बप्पी बलिउडका एक यस्ता कलाकार हुन् जसले धेरै सुन लगाएर हिड्ने गर्छन । 

उनलाई देख्ने हरेक मानिसहरुको मनमा एउटै प्रश्न हुन्छ किन यति धेरै सुन लगाउँछन् ?यसको जवाफमा उनले एक अन्तर्वातामा बताएका छन्  । उनले भने–‘ मलाई हलिउड कलाकार एलविस प्रेस्ली निकै मन पथ्र्यो । उनी आफ्नो गलामा सुनको चेन झुन्डाएर हिड्थे । उनको यस अन्दाजले मलाई फिदा बनायो । अनिम म पनि सुन लगाएर हिड्न थाले ’

बप्पीलाई एलविसको हरेह कुराले मोहित बनाएको थियो । उनी एक सफल व्यक्ति बन्न चाहन्थे । उनी सुनलाई आफ्नो भाग्य रेखा मानछन् । सन् २०१४ मा उनले बताए अनुसार उनको साथमा ७५४ किलो सुन र ४.६२ किलो चाँदी छ। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर