‘मसँग आफ्नै भिजन र एजेण्डा छ’–चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन् । 

महासंघको जारी साधारणसभाका न्द सत्रमा बोल्दै उनले भने, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।” उनको आशयले भन्दै थियो कि अर्का प्रत्यासीसँग एजेण्डा र भिजनविना अघि बढेको र चुनवको अन्तिम दिनसम्म पनि अर्कैको एजेण्डामा रहेको भन्ने संकेत गरिरहेका थिए।

मन्तव्यका क्रममा ढकालले भने, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्पmत् महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।” 

महासंघमा हुने विजय या पराजय सफलता र असफलता नभएको भन्दै उनले भने, “महाधिवेशनपछि पनि हामी टाढा हुने छैनौ हाम्रो ब्यापार र हाम्रो उद्यमले हामिलाई जोड्ने नै छ ।” 

ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन  भएको वास्तविक व्यवसायी नै आउनु पर्ने बताए । 

राजधानीमा मंसिर ११ गतेबाट सुरुभएको महासंघको ५४ औं साधारणसभामा मंसीर १३ गतेसम्म चल्नेछ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर