आदित्य र श्वेताको बिवाह मन्दिरमा, ५० जना भन्दा कम जन्ती !

मुम्बई । गायक तथा टिभी होस्ट आदित्य नारायण बिवाहको तयारीमा छन् । उनले प्रेमी श्वेता अग्रवालसँग बिवाह गर्न लागेका हुन् । भारतीय मिडियाले बताए अनुसार आदित्य डिसेम्बर १ मा मन्दिरमा बिवाह गर्दैछन् । कोरोना महामारीबीच आफ्नो बिवाह कस्तो प्रकारको हुने विषयमा केही कुरा सार्वजनिक गरेका छन् । 

कस्तो हुन्छ आदित्यको बिवाह समारोह ?
आदित्यले एक वेबसाइडसँग बताए अनुसार उनको बिवाह निकै साधारण हुनेछ । डिसेम्बर १ मा मन्दिरमा हुने बिवाहमा कोरोना भाइरस महामारीको कारण ५० जना भन्दा कम नजिकका आफन्त मात्र सहभागी हुनेछन् । एक रिसेप्सन पार्टी हुने छ ।  जसमा एकदम नजिकका कलाकार र नजिकका मानिसहरु हुने छन् । 

यही वर्ष अक्टोबरमा आदित्यले श्वेतासँगको सम्बन्ध सार्वजनिक गरेका थिए । दुबै जनाले बिवाहको बारेमा जानकारी गराएका थिए । उनीहरु दुई जनाको भेट सन् २०१० मा रिलिज भएको फिल्म ‘शापित’ मा भएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर