• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गौतम भेट्न भैंसीपाटी पुगे ईश्वर पोखरेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिसट पार्टीका(नेकपा)का उपाध्यक्ष र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । आज साँझ गौतम निवास भैंंसीपाटीमा गौतम र पोखरेलबीच भेटवार्ता भएको स्रोतले  बतायाे ।
नेकपामा पछिल्लो विवाद बढेसँगै नेताहरुका समूूहगत र एक्ला एक्लै छलफल गर्दै आएका छन् । नेकपाको विवादले नेताहरुको सम्बन्ध पनि सहज छैन । 
 भोली बस्ने सचिवालय बैठकले नेकपाको विवादलाई वारपार गर्ने रुपमा लिइएको छ । नेकपामा सुरु भएका विवादमा पछिल्लो समयमा ओली एक्लीदै आएका छन् । 
 बैशाखमा दुबै पदबाट ओलीलाई राजीनामा गराउने तयारीमा रहेका सचिवालय सदस्यहरु मध्यका गौतमले अन्तिमा ओलीलाई साथ दिदा ओलीका दुबै पद बचेका थिए । बैशाखमा अन्तिम सममयमा गौतमले ओलीलाई साथ दिएपछि नेकपाको सचिवालयमा प्रचण्ड अल्पमतमा परेका थिए । 
बैशाख १७ गतेको सचिवालयमा ओलीलाई बहुमत सदस्यले दुबै पदबाट राजीनामा दिन भनेका थिए तर २० गतेको बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने आश्वसन दिएपछि पासा पल्टेको थियो । 
गौतमले नेकपाको आन्तरिक विवादमा पटक पटक ओलीलाई साथ दिएर उनको खड्को टादै आएका छन् । नेकपाको भोली बस्ने सचिवालयको बैठकमा प्रचण्डको बहुमत रहेको छ । प्रचण्डले पेस गरेको राजनीति प्रस्ताव पनि बहुमत सदस्यको सहमतिमा पेस भएको सबै सदस्यले बताएका छन् । भोलीको बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिन अर्को प्रस्ताव पेश गर्ने छन् । 
नेकपाको सचिवालय अहिले दुई पक्षमा विभाजित भएको छ । प्रचण्ड नेपाल समुहमा रहेका गौतमले केहि दिन पहिला आफु कुनै पनि गुटमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । अल्पमतमा रहेको ओली सुमहका नेता पोखरेल ओलीको पक्षमा लाग्न गौतमलाई भेट्न भैसेपाटी पुगेका नेकपाका एक स्थायी कमिटी सदस्यले बताए । उनले भने‘ गौतमको अस्थिर बानिको फाइदा उठाउन सकिन्छ कि भनेर पोखरेल भैसेपाटी पुगेका हुन सक्छन् तर गौतमले धोका दिएपनि प्रचण्ड समुह कुनै पनि अवस्थामा पछाडि हट्दैन् ।’
उसो त प्रचण्ड माधव नेपाल समुहलाई गौतमले पटक पटक धोका दिएको छ । तर यो पकट धोका नदिने प्रतिबद्धता गौतमले जनाएको प्रचण्ड निकट एक नेताले बताए । 
ओली समुहको गौतमलाई फकाउने अन्ति प्रयास स्वरुप पोखरेल भैसेपाटी पुगेका हुन । जब कि पछिल्लो समयमा गौतम र पोखरेलको सम्बन्ध पनि राम्रो छैन । गौतमलाईय  गत फागुन १४को सचिवालयले राष्ट्रिय सभामा लैजाने निर्णय गरेको केहि समयमा नै ओलीले आफु उक्त निर्णय नमान्ने भनेपछि गौतम रुष्ट बनेका थिए । उक्त निर्णयको विरुद्धमा ओलीसंगै पोखरेल पनि उभिएका थिए । तर आजको भेटवार्तालाई ओलीको सचिवालयमा बहुमत पुगाउने अन्तिम अस्त्रको रुपमा लिइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर