सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो ।
धामीलाइ १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए । ‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’, उनले भने, ‘पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।’
उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस
पाल्पा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि अभ्यासको नमूना प्रदर्शन गरिएको छ । नेपाली
विराटनगर । नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सबैभन्दा खतरा संघीयतामाथि भएको बताएका छन् । विराटनगरमा शुक्रवार बृहत्
गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् ।
प्रतिकृया दिनुहोस