• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अभिलाषालाई स्वर्ण

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्र्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरे ।
गल्र्स सिंगल्समा भने अभिलाषा दोश्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । फाइनलमा रसियाकी एरिनाले अभिलाषालाई हराइन् । पाकिस्तानमा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोश्रो भए । फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसंग पछि परे ।

नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पकिस्तान, ग्रेट ब्रिटेन, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी गराए । सर्किट– २ सोमबारदेखि सुरु हुने छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर