फिल्म ‘कबीर सिंह’ का गायक सचेतले परम्परासँग गरे इन्गेजमेन्ट

काठमाडौं । कोरोना महामारीबीच भारतमा कलाकारहरुको बिवाहको खबर सार्वजनिक भइरहेको छ । केही दिन अगाडी मात्र गायिका नेहा कक्कड र अभिनेत्री काज अग्रवाल बैवाहिक बन्धनमा बाँधिएका थिए । शुक्रबार मात्र गायक अदित्य नारायणको बिवाहको मिति सार्वजनिक भएको थियो । 

यसैबीच चर्चित गायक सचेत टन्डन र परम्परा ठाकुर पनि बिवाह बन्धनमा बाँधिने भएका छन् । सचेतले फिल्म ‘कबीर सिंह’ मा गायका गीतहरु निकै हिट भएका थिए । सचेत र परम्पराले इन्गेजमेन्ट गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । 

सचेत र परम्पराको पहिलो भेट सन् २०१५ मा एक रियालिटी सो मा भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर