• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ओलीको प्रस्तावमाथि प्रचण्डको प्रारम्भिक टिप्पणीः ‘अहंकारबाट टसमस भएनन्’

काठमाडौं । नेकपा (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो अंहकारी व्यक्तिवादी व्यवहारबाट एक कदम पछि नहटेको टिप्पणी गरेका छन् । 

शनिबार सचिवालयमा आफ्नो मत राख्दै प्रचण्डले ओलीलाई आफूले गरेका कमजोरीहरु कहिल्यै स्वीकार्न नसकेको उदाहारणसहित त्यस्तो टिप्पणी गरेका हुन । अघिल्लो सचिवालयमा प्रचण्डद्वारा प्रस्तावित लिखित प्रतिवेदनको जवाफीमा ओलीले शनिबारको सचिवालयमा जवाफसहित प्रतिवेदन पेश गरेका थिए ।

आफूसहित सचिवालय बहुमत सदस्यले पटक–पटक पार्टीलाई फुटबाट बचाएको प्रचण्डले बताएका थिए । एक सचिवालय सदस्यले समाचार दैनिकसँग प्रचण्डको भनाई उद्धिृत गर्दै भने– ‘तपाईं (ओली)ले पटक–पटक पार्टी फुटाउनुभयो । तर, हामीले बचाएऔं । यसको सिलसिलेवार घट्नाहरु छन् ।’

ओलीलाई प्रचण्डले ५ वटा बुँदागत रुपमा पार्टी फुटाएको भनि सिधै प्रश्न राखेका थिए । ‘कार्यकारी अध्यक्षले घटनाक्रमसहित ५ वटा उदाहरणहरु दिएर प्रश्न गर्नुभयो । तर, ओली आफ्नो अंहकारी घमण्डबाट पछि हटेको देखिनुहुन्न । आफूले गरेको कमजोरी स्वीकार्नु हुन्न’, ती सचिवालय सदस्यले भने ।

प्रचण्डले सचिवालयको मन्तव्यमा भने– ‘केन्द्रीय कमिटी बैठकबाट उत्साहित नेता कार्यकर्तालाई अल्मल्याउन र मेरा विरुद्ध पशुपति प्लाजामा बसेर जे प्लान गर्नुभयो त्यहीँबाट पार्टी विभाजनको रेखा प्रष्टै कोर्नुभयो ।

पार्टी विभाजनको सृंखला बारे प्रचण्डले प्रष्ट्याउँदै भने– ‘निर्वाचन आयोगमा एमाले पार्टी दर्ता गराउनु भयो । अध्यादेश लिनुभयो । सांसद नै अपरहण गर्नुभयो । यो भन्दा अरु उदाहरण अरु के हुन सक्छ ? तपाईंका यी सबै क्रियाकलापले पार्टी पटक–पटक फुटाउनु भयो । हामीले रोकेका रोक्यै छौं ।’

भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयलाई समेत उल्टाएर पार्टीमा अर्को पटक फुट ल्याएको प्रचण्डले ओलीलाई आलोचना गरे । ‘पार्टीलाई विधि, पद्दतिमा लान जुन कुरा रोकौं भनियो । त्यही तपाईंले गर्दै जानुभयो । कुनै पनि नेताको नाममा स्थापित प्रतिष्ठानबाट गतिबिधि सञ्चालन नगर्ने निर्णय विपरित झन् गतिबिधिलाई तीब्रता दिने काम तपाईंबाट भयो’, पार्टी विभाजन गराएको पाँच उदाहारण दिंदै प्रचण्डले भने– ‘आफ्नो अहंकार, व्यक्तिवादी सोच कहिल्यै त्याग्न सक्नु भएन ।’

रुपन्तारणसहित पार्टी एकतालाई बँचाएर मजबुद बनाउँ भन्ने आफूहरुको आग्रहलाई पुरै बेवास्ता गरेको प्रचण्डले मत राखेका थिए । ‘तपाईंले मनलागि आफ्नो अहंकार व्यावहार प्रस्तुत गर्दै पार्टी विभाजन गरिरहने । हामीले जोगाई रहने अवस्था आयो । तपाईं अझै यि कुराहरु कहिल्यै स्वीकार्नु हुन्न । यो भन्दा बिडम्बना के हुन्छ । तपाईंका गतिविधिले पार्टीमा फुट लिने केन्द्रबिन्दुमा को छ ? भन्ने प्रष्ट हुन्न र ?’, प्रचण्डले ओलीलाई प्रश्न गरे । 

प्रधानमन्त्री ओलीले शनिबार प्रस्तावित प्रतिवेदनमा समेत अहंकारी दम्भ पेश गरेको प्रचण्डले प्रारम्भि टिप्पणी गरेका छन् । सचिवालयपछि खुमाल्टारमा आफ्ना निकटहरुसँग प्रचण्डले भने– ‘मैले सचिवालयमा पनि राखिसकेँ, ओलीले प्रतिवेदनमा आफ्नो अहंकारबाट टसमस भएका छैनन् ।’

धर्म निरपेक्ष, संघीयता, मेधश विरोधी जस्ता कार्यबाट मुक्त हुन आफूलाई पार्टी एकता अघिका विषयलाई उप्काएर बँच्ने जुक्ति निकालिएको प्रचण्डले बताएका छन् । ‘पार्टी एकतापछि पार्टी, सरकार सञ्चालनको विधि, पद्दति, निर्णय कुरा हामीले उठाएऔं । उहाँ (ओली)ले पार्टी एकता भन्दा अगाडीका कुराहरु उप्काएर चोखो भन्ने अर्को अहंकारपनि झल्काएका छन्’, प्रचण्डले आफू निकटहरुसँग भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर