उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । 

आज बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । 

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत प्राप्त गर्नुभयो भने प्रधानको पक्षमा ५३ मत परेको छ ।

त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ मत ल्याउँदा प्रधानको पक्षमा ३ सय ७५ मत परको छ ।

२० प्रतिशत हिस्सा रहेको वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याउनु भएको छ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ ।

यसमा ढकालले ५४ दशमलव २६ मतभार प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५ दशमलव ७४ प्रतिशत मतभार प्राप्त गरे । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदलाई आकर्षक मानिन्छ । यो साधारणसभाले शेखर गोल्छा स्वतः अध्यक्ष चयन गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर