• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

'पार्टी एकता भन्दा अघि फर्किंदा त वयलगाडामा पुगिन्छ कमरेड !' - नेता बस्नेत

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले पार्टी एकता भन्दा अघि फर्किएर गरिने आरोपप्रत्यारोपले वयलगाडाको यात्रामा पुगिने वताएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावको जवाफ दिने क्रममा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन माथि टिप्पणी गर्दै बस्नेतले सो धारणा राखेका हुन् ।

बस्नेतले भनेका छन् 'अलग अलग पार्टी हुंदाका आ(आफ्ना कार्यनीतिक विषयहरुलाई अनावश्यक रुपमा नेकपामा जोड्ने कुरा चाहिं कतैवाट पनि युक्तिसंगत देखिंदैन। यसले उही वयलगाडा राजनीति तिर मात्र फर्काउंछ ।'  ०६२र०६३ को जनआन्दोलनको वेला अध्यक्ष ओलीले राजतन्त्र विरुद्ध आन्दोलन गरेर नेपालमा गणतन्त्र स्थापना गर्नु भनेको वयलगाडा चढेर अमेरिका जान खोज्नु जस्तै हो भनेका थिए । 

बस्नेतले अध्यक्ष ओलीको प्रतिवेदन पार्टी एकता भन्दा पछाडि फर्किएको दावी गरे ।  तत्कालीन नेकपा (एमाले ) र नेकपा ( माओवादी केन्द्र ) फरकफरक प्रतिस्पर्धी पार्टी भएका वेला भए गरेका गतिविधिमा आज प्रश्न उठाउनुको कुनै तुक नभएको बस्नेतले जिकिर गरे । वैठक वस्नु र वैठकवाटै छलफल आरम्भ हुनुलाई चाहिँ उनले सकारात्मक भनेका छन् ।

बस्नेतले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, 'वैठक कुनै हालतमा वस्दैन भनियो  (  अन्ततः वस्यो । वैठकमा आइन्न भनियो  (  अन्ततः आइयो  । कोराना देखाएर स्थायी र केन्द्रीय कमिटी वैठक डाकिन्न भनियो (  अन्ततः डाकियो । अध्यक्ष  प्रचण्डको प्रस्ताव फिर्ता नगरि कुनै हालतमा वैठक नवस्ने भनियो ( अन्ततः  वसियो । वैठकको सर्वोच्चतालाई नमान्ने भनियो ( अन्ततस् मानियो । यी सवै राम्रा पक्ष हुन् । वहुमत सहुमत चाहिँ अझै  मानिन्न भन्ने कुरा र  अलग अलग पार्टी हुंदाका आ(आफ्ना कार्यनीतिक विषयहरुलाई अनावश्यक रुपमा नेकपामा जोड्ने कुरा चाहिँ युक्तिसंगत देखिंदैन। यसले उही वयलगाडा राजनीति तिर मात्र  फर्काउंछ। विषयहरु वैठकमा आएका छन् । ग्रेट डिविट गर्दै वस्तुनिष्ठ समीक्षा गरेर व्यापक रुपान्तरण गर्दै आम पार्टी पंक्तिलाई  एकताबद्ध वनाएर ठिक दिशा दिनु आजको आवश्यकता हो।'
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर