आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

काठमाडौं ।  आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९० हजार ७०० तोकिएको छ । शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो। 

तिहारपछि सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। आज तेजाबी सुनको मूल्य पनि तोलामा ६०० रुपैयाँले घटेको छ। शुक्रबार ९० हजार ८०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९० हजार २०० तोकिएको छ। 

चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार १५० मा कारोबार भइरहेको छ। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर