‘बिग बोस–१४’ को फिनाले एक हप्तापछि, ९ जनामा ५ जना आउट

मुम्बई । टेलिभिजन रियादिटी सो ‘ बिग बोस–१४’  का मेकर्सले मनोरञ्जनको लागि  अनेक उपाय अपनाउँदै आएको छ । नयाँ वाइल कार्ड सदस्य र पुराना सदस्यको आगमनपछि सलमान खानले शनिबार सोसँग जोडिएका केही खास विषयको बारेमा बताएका छन् । 

सलमानले बताए अनुसार  बिग बोसको फिनाले जनावरीको लागि तय भएको थियो तर कोरोना भाइरस महामारीलाई ध्यानमा राख्दै फिनाले आगामी हप्ताको लागि तयार गरिएको छ । 

केही दिन अगाडी मात्र नयाँ प्रोमो रिलिज भएको थियो । जसमा सलमानलाई फिनाले कहिले हुने प्रश्न दर्शककले गरेका थिए । यसको जवाफमा सलमानले फिनाले जनावरीमा भनिएपनि आगामी हप्ता हुने बताएका छन् । 

एकसाथ ५ सदस्य बेघर 

सलमानले सोमा बताए अनुसार फिनालेको लागि ४ जना सदस्य मात्र रहनेछन् । बाँकी ५ जना सदस्य सिँधै बेघर हुने छन् । सलमानको कुरा सुनेर घरका सबै सदस्य छक्क परेका थिए । घरका सदस्य मात्र होइन एक महिना अगाडी नै फिनालेको खबरले दर्शक नि छक्क परेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर