• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बैठक बस्नु हुन्न भन्नेलाई महासचिवले साथ दिनु हुन्नः वामदेव 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको बैठक बस्नु हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने बताएका छन् ।

उनले पार्टी कमिटीको बैठक बस्न नसक्दा समस्या आएको बताएका छन् ।  उनले भनेका छन् ‘बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्न  । पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा महासचिवले अध्यक्षसंग परामर्श गरी बैठक बोलाउनु पर्छ ।’

उनले पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएका बताएका छन् । उनले भनेका ‘पार्टीको जीवन कमिटी बैठक र छलफलमा हुन्छ ,यो छोड्दा  पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्दा पार्टी पुनर्जीवन शुरु भइहाल्छ ।’     

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले सामाजि संजाल फेसबुकमा गौतमले १३ गते बसेको सचिवालयको बैठकमा राखेको भनाइभन्दै उक्त कुरा उल्लेख गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर