• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपाका नेताहरु भन्छन्ः अध्यक्षद्वयका प्रस्तावमा आरोप प्रत्यारोप बढी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद छताछुल्ल भएको छ । कात्तिक २८ गते बसेको सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको जवाफ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको सचिवालय बैठकमा वितरण गरेका छन् । 

ओलीले शनिबार बसेको सचिवालय बैठकमा ५३ बुँदे प्रस्ताव पेस गरे । उनले आफ्नो प्रस्तावको सार भने बैठकको सुरुमा नै राखेका थिए । प्रस्तावमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिँदै पार्टी एकता नहुँदाका कयौ कुराहरु पनि उठाएका छन् । जब कि प्रचण्डले ओलीलाई पार्टी एकता भएपछिका कुराहरु उठाएका छन् । 

नेकपाका अध्यक्षद्वयका प्रस्तावहरु बाहिर आएपछि नेकपाको भाग्य र भविष्यमाथि टिका–टिप्पणी हुन थालेका छन् । जब कि प्रचण्डले प्रस्ताव पेश गर्दा ओलीले फिर्ता लिनुपर्ने बताउँदै आएका थिए । तर अन्तः उनले पनि प्रचण्डको प्रस्तावको जवाफ मात्र होइन माओवादी पार्टी हुँदा प्रचण्डले गरेका काममाथि नै प्रश्न गरेका छन् । 

अध्यक्षद्वयका प्रस्ताव सार्वजनिक भएपछि नेकपामा राजनीतिक, सांगठनिक बहस सुरु भएका छन् । दुबै प्रस्ताव अब सचिवालयमा मात्र होइन वडा–वडामा पुगेका छन् । यसले त्यही किसिमको बहस सिर्जना गरेको छ । नेता कार्यकर्ताहरु पक्ष–विपक्षमा बहस गर्न थालेका छन् ।

लीको प्रस्तावमा बैठकले निर्णय गरोस भन्ने छैन । मैले जे भने त्यही सत्य हो भन्ने खालको छ । पार्टीले निर्णय गरेर जाओस मेरा कुरा यी हुन भन्ने छैन । आरोप ओलीले प्रचण्डलाई लेखेको पत्रबाट सुरु भएको हो ।

झलनाथ खनाल, वरिष्ठ नेता 
अध्यक्षद्वयका प्रस्तावहरुमा विवादमात्र नभएर समाधान गर्न मिलेर जाने कुराहरु छन् । प्रस्तावमाथि घनिभूत रुपमा बहस छलफल हुन्छ र पार्टी एक ढिक्का भएर अगाडि बढ्छ । प्रस्ताव पार्टी कमिटीमा आउने कुरा सकारात्मक हो । यसले पार्टीलाई फाइदा नै हुन्छ । प्रस्ताव आउदैमा आत्तिहाल्नु हुँदैन । सहि निस्कर्ष बैठकबाट निस्कन्छ ।

अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य 
नेताहरुले बाहिर तथानाम बोल्नुभन्दा लिखित रुपमा प्रस्ताव आएको छ, यो सकारात्मक कुरा हो । अब प्रस्तावमाथि छलफल हुन्छ । यसलाई आरोप प्रत्यारोप भन्दा पनि पार्टीको मापदण्ड बनाएर जानुपर्छ । प्रस्तुत हुँदा शिष्ट भाषामा प्रस्तुत हुनुपर्छ । अराजक प्रक्रिया अपनाउनु लोकतान्त्रिक पद्धति होइन ।

हरेक कुरा पार्टी कमिटीले निर्णय गरेर अगाडि बढ्नुपर्छ । नेताहरुले आरोप प्रत्यारोप गरेपनि पार्टी फुट्दै । फुट्ने आधार छैन । बरु निर्माणको जग बलियो छ । दुःख कष्टबाट पार्टी बनेको हो । ठूलो पंक्ति केहि नपाएपनि यसलाई जोगाउन हरदम तयार छ । अब लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्नुपर्छ । लिखित रुपमा बैठकमा प्रस्ताव पेश हुनु राम्रो कुरा हो । यो पद्धतिभित्र पर्छ । बाहिर हल्ला गदै बोल्नु भन्दा । 

प्रचण्डको प्रस्तावको जवाफ प्रधानमन्त्रीबाट आरोपको खण्डनभन्दा पनि लान्छना मात्र लगाएको छ । जुन राम्रो होइन । जवाफ सत्य र तथ्यको आधारमा दिनुपर्छ । आक्षेप र प्रतिशोधमा उत्रनु हुँदैन । पार्टीभित्रको अन्तर्रविरोध हल गर्ने पद्धतिले हो । तर यस्तो ओली कमरेडको प्रस्तावमा छैन । प्रस्तावमा जे कुरा भएपनि नेकपा यो बैठकबाट एक ढिक्का भएर आउँछ । झगडा गरेर मात्र हुँदैन । समाधान पनि पार्टी भित्रबाट नै खोज्नु पर्छ । 

सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहि तरिकाले जवाफ दिनु भएको छ । प्रचण्डले चाहिदो नचाहिदो आरोप लगाउनु भएको थियो । त्यसको सहि जवाफ दिनुभएको छ । प्रचण्डले लगाएका आरोपको बुँद्धा बुँद्धामा जवाफ दिएको छ । सरकारको र ओलीको बद्नाम गर्नुभएको थियो । पार्टी एकता नहुनुको जिम्मेवारी प्रचण्डले लिनुपर्छ कि पदैन । सत्य र तथ्यको आधारमा भन्दा पनि कुण्ठा पोखेका थिए । अहिले ओली कमरेडले सहि तरिकाले जवाफ दिनुभएको छ । पार्टी निर्णय मानेन भनेर आरोप लगाउनुभएको छ । ओलीले प्रमाणित गर्न चुनौति दिनुभएको छ । प्रमाणित गर्नुपर्छ । लेखेर क्रान्तिकारी भइन्छ ?

२६ भदौको स्थायी कमिटीको बैठकको निर्णय कसले पालना गरेको छैन । जसरी आरोप लगाएका थिए त्यसरी नै जवाफ पाएका छन् प्रचण्डले । गतबर्षको केन्द्रीय कमिटीको बैठकबाट सरकारले राम्रो काम ग¥यो भनेर धन्यवाद दिएको होइन । आफू प्रधानमन्त्री बन्न पाएन भनेर कुण्ठा पोखेका हुन प्रचण्डले । 

वेदुराम भुसाल, स्थायी कमिटी सदस्य

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बैठकले निर्णय गरोस भन्ने छैन । मैले जे भने त्यही सत्य हो भन्ने खालको छ । पार्टीले निर्णय गरेर जाओस मेरा कुरा यी हुन भन्ने छैन । आरोप ओलीले प्रचण्डलाई लेखेको पत्रबाट सुरु भएको हो । त्यसको जवाफ प्रचण्डले दिनुभयो । प्रचण्डको प्रस्तावमा छलफल गरौ अनि अगाडि बढौ भन्ने छ । अझ पनि बहस छलफल गरेर अगाडि बढौ भन्ने प्रचण्डको प्रस्तावमा छ । तर प्रधानमन्त्रीको प्रस्तावमा छैन । आफू नै सबै हो भन्ने खालको छ ।  
बहस हँुदैमा आत्तिहाल्नु पर्दैन । राजनीति गतिशील कुरा हो । अन्तर्रविरोधको नियम नै बहस छलफल र एकता हुन्छ । यो पार्टीमा पनि त्यही नियम लागु हुन्छ । 

गणेश साह, स्थायी कमिटी सदस्य

पार्टीभित्र आलोचना आत्मआलोचना गर्ने पद्धति हो । राजनीतिमा राजनीतिका कुराहरु हुन्छन् । तर दुबै प्रस्तावमा अराजनीतिक कुराहरु पनि छन् । यि कुराहरु हटाउनुपर्छ । आरोप प्रत्यारोपहरु सत्य र तथ्यको आरोमा हुनुपर्छ । त्यो दुबै प्रस्तावमा छैन । 
आवेग आक्रोस र कुण्ठाहरु दुबैको प्रस्तावमा छ । यसबाट मुक्त हुनुपर्छ । अब यो बहस आम कार्यकर्ताको बिचमा गएको छ । सबैको चासो र सरोकारको विषय भएको छ । नेतृत्वले धेरै कुरा बुझेर बोल्नुपर्छ । संकटको समयमा नै नेताले समाधान गर्ने हो । विवादलाई समाधानमा लैजान पहल गर्नुपर्छ । नेतृत्व परिमार्जन अहिलेको आवश्यक छ । पार्टी र सरकार संचालनको विधमा परिमार्जन गर्नुपर्छ । 

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ओलीको प्रस्तावबारे फेसबुकमा लेखेका छन् ‘केपी कमरेडले साच्चै नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहनुभएको हो भने दुवै पदबाट तत्कालै राजिनामा दिएमा उहाँको पुस्ताका अरु नेतालाई ती पदमा दावी गर्न मुश्किल पर्छ र नेतृत्व स्वतः दोस्रो पुस्तामा आउँछ । अरु नेताहरुले पनि यसतर्फ ध्यान दिने कि ?’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर