कोरोना संक्रमित टिभी कलाकार दिव्या आइसीयूमा ,तस्बिर मार्फत स्वास्थ्य लाभको कामना गर्न आग्रह

मुम्बई । भारतीय सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरेकी कलाकार दिव्या भटनागरको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  आइसीयुमा भर्ना भएकी दिव्याले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै स्वास्थ्य लाभको कामना गर्न दर्शक तथा फ्यानलाई आग्रह गरेकी छन् । उनको आमाले एक अन्तर्वातामा बताए अनुसार दिव्यालाई एक हप्ता अगाडी कोरोना संक्रमण भएको थियो । 

मलाई छिट्टै निको होस् भनि कामना गर्नुहोस्
दिव्याले आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा एक भिडियोको स्क्रिप्ट सेयर गर्दै लेखेकी छन्–‘मलाई छिट्टै निको होस भनेर सबैले प्राथना गर्नुहोस् तपाईहरु सबै जनालाई मेरो धेरै माया । ’ उक्त तस्बिरमा उनी अस्पतालको बेडमा देखिएकी छन्  । जहाँ उनी मुस्कुराइ रहेकी छन् । 

डरपछि अस्पतालमा भर्ना  
दिव्याको आमाले एक अन्तर्वातामा भनिन्–‘दिव्यालाई पछिल्लो एक हप्तादेखि ज्वरो आएको थियो । उनलाई घरमै अक्सिजन दिएर राखिएको थियो तर अवस्था निकै बिग्रिएपछि कोरोना टेष्ट गर्दा पोजेटिभ आयो अनि अस्पताल भर्ना गरिएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर